प्रहरीद्वारा ४२ लाखको चोरीका सामानसहितको ट्रक गण्डकचोकबाट पक्राउ
वीरगञ्ज । बिल बिजकभन्दा बढी रेडिमेट कपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति ११ बजेर ४० मिनटमा बिल बिजकभन्दा बढी रेडिमेट कपडा तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
वीरगञ्जबाट झापातर्फ जाँदै गरेको छभन्ने सूचनाको आधारमा जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख ४६५१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिल बिजकभन्दा बढी मालबस्तुहरू लोड रहेको भेटिएको थियो ।
सो बिल बिजक शंकास्पद देखिएको हुँदा ४२ लाख ३२ हजार ८ सय २७ रुपियाँ बराबरको ट्रकभित्र लोड रहेको ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया