रुपेशको हत्यामा २५ वर्षीया महिला पनि संलग्न, गोली काण्डपछि कलैयामा बबाल
वीरगञ्ज । निजी विद्यालयका प्रधानाध्यापक रुपेश स्वर्णकार सर्राफलाई गोली हानेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
कलैया उप–महानगरपालिकाको वडा नं. ६ निवासी ४० वर्षीय रुपेश कलैयामा रहेको बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका सञ्चालक समेत हुन् । रुपेशको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले २५ वर्षीया महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख (एसपी) सुरेश काफ्लेले बताएका छन् ।
कलैया बजारमा सोमबार दिउँसो रुपेशलाई अपरिचित समूहले गोली हानेर गम्भीर घाइते बनाएको थियो । मृतक रुपेशका दुई बालबालिका र श्रीमती छन् ।
घटनाको ९० प्रतिशत अनुसन्धान भइसकेको छ । सीसीटीभीको सहयोगमा प्रहरीले रुपेशर्लाइ गोली हानेर हत्या भएको घटनाको अनुसन्धान गरेको छ ।
हत्यामा संलग्न व्यक्तिले चलाएको नेपाली नम्बर प्लेटको बाइकको समेत पहिचान भइसकेको छ । मंगलबारसम्म घटनाको पूरै कारण खुल्नेछ ।
कलैया–बरियारपुर सडकमा पर्ने एक खाजा पसलबाट झोलामा खाजा किनेर बाइकमा झुन्ड्याएर विद्यालयतर्फ फर्किरहेका बेला रुपेशमाथि गोली प्रहार भएको थियो ।
नेपाल राष्ट्रिय मावि र हजारी मार्केटको बीच सडकमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका ४ जनाले व्यस्त सडकमा रुपेशमाथि गोली हानेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
रुपेशलाई छाती र टाउकोमा चार वटा गोली लागेको थियो । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैबीच, प्रधानाध्यापक रुपेशको गोली हानी हत्या भएको विरोधमा सोमबार साँझ कलैयाको भरत चोकमा प्रदर्शन भएको छ ।
सुरक्षा अवस्था कमजोर भएको र दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने, कलैयासहित जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउनुपर्ने भन्दै प्रदर्शन भएको छ । कलैयामा बिग्रिएका सीसीटीभी तत्काल बनाउन पनि प्रदर्शनकारीहरूले माग गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया