गण्डकी कांग्रेसका सभापति शर्माद्वारा माता अन्नपूर्णाको मूर्ति पुर्नस्थापना
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कास्की र पर्वत जिल्लाको सिमानामा रहेको अन्नपूर्णा मन्दिरमा माता अन्नपूर्णा र गोरखनाथ कुदिएको मूर्ति पुर्नस्थापना गरेका छन् ।
२०६८ सालमा स्थापना भएको मूर्ति खण्डित भएको थियो । खण्डित मूर्ति पूजाका लागि योग्य हुँदैन । अनिष्ट हुने मान्यताअनुसार माता अन्नपूर्णाको मूर्तिलाई विधिवत क्षमा पूजा गरी मोदी खोलामा विर्सजन गराएर नयाँ शिलाको मूर्ति विधिवत प्राणप्रतिष्ठा सहित स्थापना गरिएको छ ।
श्री अन्नपूर्णा माता मन्दिर तीर्थ क्षेत्र गण्डकी प्रदेशकै एक मात्र रहेको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलको रुपमा प्रवर्द्धन गर्न सकिने भएको हुँदा मुक्तिनाथ, दामोदरकुण्ड र कैलाश मानसरोवर जाने हजारौं तीर्थ यात्रीलाई सेवा पुर्याउने लक्ष्य राखेर आगामी दिनमा कार्यक्रम ल्याउने गण्डकी कांग्रेसका सभापति शर्माले बताए ।
लक्ष्मीनारायण भुज, बहुदल ठाकुर लगायत ५ जना अन्नपूर्ण वेश क्याम्प पद मार्ग जाँदा लक्ष्मीनारायण भुजको ईच्छानुसार सो स्थानमा अन्नपूर्णा माताको तीर्थ मन्दिर स्थापना गरिएको बहुदल ठाकुरले बताएका छन् ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष जीवनाथ पौडेल (शंकर), श्री अन्नपूर्णा माता मन्दिर तीर्थ क्षेत्रका अध्यक्ष नरहरि पौडेल, सचिव धनबहादुर केसी, आध्यात्मिक अनुष्ठानमा संलग्न बासुदेव पौडेल, गोविन्द केसी, मुक्तिनाथ अन्नदाता क्षेत्र समितिका अध्यक्ष प्रकाश भट्टराई, मन्दिर निर्माण संयोजक कृष्ण चापागाईं लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया