देउखुरीमा राष्ट्रिय जनमोर्चाका नेता खनाल कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता ताराप्रसाद खनाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दाङको लमही नगरपालिका वडा नं. ५ निवासी खनाल जनमोर्चा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । खनाल देउखुरी उपत्यकामा लोकप्रिय मानिन्छन् ।

खनाललाई नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज खनालले कांग्रेसमा स्वागत गरेका छन् ।

Published : Sunday, 2023 October 29, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया