मैतीदेवीस्थित गजित विष्टको डान्स फिवरमा प्रहरी छापा, ९ जना पक्राउ
काठमाडौं । काठमाडौंको मैतीदेवीस्थित एउटा रेस्टुरेन्टमा प्रहरीले छापामारेर ९ जनाको समूहलाई जुवातास खेलेको अभियोगमा पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित गजित विष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको जनाएको छ ।
भोजपुरको पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
उता, पाल्पाको तानसेन नगरपालिका–२ बडीज्ञान टोल बस्ने सुन्दर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय सुधिरमान घेंकेजु समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ४ सय २५ रूपियाँ र ३ सय २५ पत्ती ताससहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया