जसपाका केन्द्रीय सदस्य सिंह सयौं नेता कार्यकर्तासहित कांग्रेसमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य अशोककुमार सिंह सयौँ नेता तथा कार्यकर्तासहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसको सर्लाही क्षेत्र नम्बर ३ ले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा जसपाका केन्द्रीय सदस्य अशोककुमार सिंहलाई कांग्रेसको मधेश प्रदेश कार्यसमितिका उप–सभापति वीरेन्द्रप्रसाद सिंहले स्वागत गरेका छन् । वीरेन्द्रप्रसाद सिंह मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि हुन् ।

केन्द्रीय सदस्य अशोककुमार सिंहसहित जसपा छाडेर आएका नेता, कार्यर्तालाई पनि कांग्रेसमा प्रवेश गराइएको छ ।

मधेश प्रदेशमा नेपाली कांग्रेसप्रतिको लोकप्रियता बढ्ने क्रममा छ । विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्दै आएका छन् ।

Published : Sunday, 2023 October 29, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया