शीतलबहादुर राईको हत्या अभियोगमा दुई जना पक्राउ

काठमाडौं । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले सोलुखुम्बुबाट दुई जनालाई पक्राउ गरेको छ ।

महाकुलुङ गाउँपालिका–२ पेल्माङ बस्ने ५० वर्षीय शीतलबहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् ।

मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै–झगडामा शीतलबहादुर राईको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै–झगडामा संलग्न धरनबहादुर र समितलाई पक्राउ गरेको छ ।

Published : Sunday, 2023 October 29, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया