राष्ट्रसंघका महासचिव लुम्बिनी आउने, भ्रमणको तयारी तीब्र
लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रसको लुम्बिनीमा हुन लागेको भ्रमणको तयारी तीब्र रुपमा भइरहेको छ ।
नेपालको चारदिने भ्रमणका क्रममा कात्तिक १४ गते बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी शुरु गरेको हो ।
कोषले शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणीसहित सरोकारवालाहरूसँग बैठक गरी महासचिव गुटेर्रसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल भएको छ ।
महासचिव गुटेर्रस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले महासचिव गुटेर्रसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गरेका छन् ।
महासचिवको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने डा.लामाले बताएका छन् । महासचिव गुटेर्रसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संगै लिएर आउनेछन् ।
१४ गते बिहान ०८:३५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने र त्यहाँबाट हेलीकप्टरमा सिधै लुम्बिनी आउने प्ररम्भीक कार्यक्रम बनेको छ ।
महासचिव गुटेर्रसलाई हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदीप हुँदै मायादेवी मन्दिरसम्म जाने तयारी गरिएको छ ।
बैठकमा कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराई, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरूद्दिन खान, उपप्रमुख कल्पना हरिजन, कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति रहेको थियो ।
गुटेर्रसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।
यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए । त्यतिखेर पनि मुनले लुम्बिनी भ्रमण गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया