मधुवनबाट पाँच जनाको समूह पक्राउ
काठमाडौं । बर्दिया जिल्लामा प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका–७ गाउँ नम्बर ७ बस्ने २३ वर्षीय संदीप नेपाली, सोही नगरपालिका–५ गाउँ नम्बर ८ बस्ने २२ वर्षीय माधब भण्डारी, सोही नगरपालिका–६ गाउँ नम्बर ४ बस्ने गणेश ओली, सोही नगरपालिका–७ बस्ने १८ वर्षीय किशोर र १६ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय ढोढरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले संदीप नेपालीलाई ४० मिलिग्राम, माधब भण्डारीलाई ३० मिलिग्राम, गणेश ओलीलाई २ सय मिलिग्राम तथा नगद २४ हजार ४ सय २६ रूपियाँ र दुई जना किशोरलाई ६० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया