गोकुल र सिलवालको घरमा प्रहरी छापा, १३ लाखसहित कौडाहरु बरामद

काठमाडौं । दशैँको अवसरमा जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले १९ जनालाई करीव १२ लाख नगदसहित पक्राउ गरेको जनाएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–५ लेले बस्ने नवीन सिलवालको घरमा छापामारेको छ । सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार रुपियाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेको हो ।

उता, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ देवीबन टोल बस्ने गोकुलनाथ पौडेलको घरमा पनि प्रहरीले छापामारेको छ ।

पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–८ बस्ने ४० वर्षीय अजय खड्का समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६५ हजार ३ सय ९० रुपियाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Friday, 2023 October 27, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया