प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भेट गरेका छन् ।

शुक्रबार सिंहदरबारमा दाहाल र ओलीबीच भेटवार्ता भएको हो । भेटमा शान्ति प्रक्रियाका बाँकी रहेका विषय टुंगोमा लैजाने र विभिन्न विधेयकहरुका बारेमा कुराकानी भएको बुझिएको छ ।

आइतबार संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आउन लागेका छन् । भ्रमणका बेला शान्ति प्रक्रियाका बाँकी रहेका विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।

Published : Friday, 2023 October 27, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया