राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन
काठमाडौं । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका महत्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् ।
शक्तिपीठमा दर्शनका क्रममा प्रथम महिला सविता पौडेल पनि सहभागी भएकी छिन् । राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका छन् ।
दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्परा अनुसार राष्ट्रपति पौडेल आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेका हुन् ।
राष्ट्रपति पौडेल शक्तिपिठमा दर्शन गर्नका लागि पुग्दा स्थानीयहरूले स्वागत गरेका थिए ।
बडादसैँको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, संकटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो लागेको थियो ।
राजधानी बाहिरका महत्वपूर्ण शक्तिपीठमा पनि आइतबार भगवतीको पूजाअर्चना गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया