नमोबुद्धमा जुवातास खेलिरहेका आठ जना पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको जनाएको छ ।

नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने विनोद हुमागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय रामचन्द्र बिष्ट लगायत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ४ सय ७० रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 October 25, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया