नेपाल एयरलाईन्समा कामु निर्देशकको हालिमुहाली, अनिषा दलबलसहित दोहा जाने
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स)को आन्तरिक लेखा परीक्षक विभाग (आलेप)की कामु निर्देशक अनिषा खड्का ‘पारिवारिक फौज’ लिएर छिटै दोहा जान लागेकी छिन् ।
निगमको सरकारी खर्चमा पारिवारिक दलबलसहित अनिषा दोहा जान लागेको स्रोतले जनाएको छ । अनिषा एक्लै गएर निगमको खर्च कटौती गरी आलेप गरेर पनि आउन सक्छिन् । तर, उनी एक्लै होइन परिवारका सदस्यहरू बोकेर जान लागेकी छिन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आएपछि निकै सुधार गरेको निगममा मिततव्ययिता गर्नुपर्ने ठाउँमा अनिषाले परिवारका सदस्यहरू बोकेर दोहा जान लागेपछि न्यूरोडस्थित मुख्यालयमा खैलाबैला भएको छ । उनले दाेहामा खेम पाण्डेलाई लिएर जान लागेकि छन् ।
आलेपका लागि नेपाल बाहिर जाने क्रममा कामु निर्देशक अनिषाले सरकारी सेवासुविधामा कुनैन कुनै मानिस बोकेर जाने गरेकी छिन् । दोहा वा अन्य ठाउँमा जाँदा मितव्ययिता गरेर जान अनिषालाई कर्मचारीहरूको सुझाव छ ।
निगमभित्र हुने राम्रा कामलाई कामु निर्देशक खड्काले निकै असहयोग गर्ने गरेको कर्मचारीहरूले बताउने गरेका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने, ‘काम निर्देशक अनिषा खड्काज्यूले निमगका कर्मचारीलाइ निकै असहयोग गर्दै आउनुभएको छ । आलेपका लागि जानुपर्दा निगमको सेवासुविधालाई निकै दुरुपयोग पनि गर्नु भएको छ ।’
निगमको आर्थिक विभागलाई कामु निर्देशक खड्काले असहयोग गर्दै आएकी छिन् । खड्काको असहयोगबाट आर्थिक विभागका प्रमुख उमेश पौडेल निकै आजित भएका छन् ।
निगमको वाणिज्य विभागका प्रमुख टंकनिधि दाहाल, कर्पोरेट विभागकी अर्चना खड्का पनि आलेपकी कामु निर्देशक अनिषासँग निकै आजित भएका छन् । ती विभागहरूले राम्रो काम गर्दागर्दै पनि अनिषाको निगम विरोधी कार्यहरूले निगमलाई झन् संकटमा पार्ने हो कि भन्ने खतरा बढेर गएको छ ।
आलेपकी कामु निर्देशक अनिषाले दोहामा आलेपका लागि जाने योजना रहेको बताइन् । उनले अन्य कर्मचारीहरूलाई असहयोग गरेको भन्ने आरोप झुठो रहेको बताइन् । उनले भनिन्, ‘मैले किन असहयोग गर्नु ? असहयोग गरेको छैन । मबाट हुने सहयोग गरेकै छु । बरु उहाँहरूबाट मलाई असहयोग हुन सक्छ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया