ललितपुरमा जुवातास खेल्ने ६ जनाको समूह पक्राउ

काठमाडौं । ललितपुरबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका–४ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४५ वर्षीया रेवती नेपालीको फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९४ हजार रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Friday, 2023 October 20, 6:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया