कान्तिपुरका मालिक कैलाश सिरोहिया र सोसाइटीलाई औकातमा बस्न चेतावनी
काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपबाट बलपूर्वक निष्कासन तथा गैरकानूनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि गरिरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरेर महासंघका महासचिव रोशन पुरीले सोसाइटीले जारी गरेको विज्ञप्ति आम श्रमजीवी पत्रकारको कानूनी अधिकारको विरुद्धमात्र नभएर नेपाल पत्रकार महासंघमाथि प्रहार गर्ने उद्देश्यले पे्ररित रहेको जनाएका छन् ।
उनले भने, ‘कान्तिपुरमा कार्यरत ८२ जना पत्रकारलाई श्रमजीवी पत्रकार ऐनको विरुद्ध निष्कासन र सरुवा गरिएको साश्वत सत्यलाई बिर्सिएर महासंघविरुद्ध गरिएका अनेकौं कुतर्कको कुनै अर्थ नरहने स्पष्ट छ ।’
‘सोसाइटीको नाममा आएको स्तरहीन विज्ञप्तिप्रति थप टिप्पणी गर्न महासंघ आवश्यक ठान्दैन’, महासंघले भनेको छ, ‘सोसाइटीमा आवद्ध सदस्य संस्थामा श्रमजीवी ऐनलगायतका कानून पालना नभएकोबारे महासंघमा गुनासो छ ।’
‘अत: श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न महासंघ सोसाइटीको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा उल्लेख छ ।
‘केही दिनदेखि विभिन्न नाममा महासंघविरुद्ध भएका मिथ्या प्रचारले कान्तिपुरभित्र सम्पादकीय स्वतन्त्रता गम्भीर संकटमा परेको महासंघको निष्कर्ष छ’, महासंघले भनेको छ ।
नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपमा थालेको आन्दोलन स्वरुप परिवर्तन गरेको जनाएको छ ।
‘कात्तिक ३ गतेदेखि ‘डिजिटल प्लेटफर्म’मार्फत आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
दशैँ विदापश्चात आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाईसमेत जोड्दै थप सशक्त र परिणाममूखी बनाइने महासचिव पुरील जनाएका छन् ।
कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाले पत्रकार, कर्मचारीहरूलाई निष्काषन गर्ने, तलब र भत्ता नदिने जस्ता कार्य गरेपछि पत्रकार महासंघले आन्दोलन गरिरहेको छ । कान्तिपुरका मालिकले शक्तिको दुरुपयोग गरेर पत्रकार महासंघविरुद्ध लाञ्छना लगाउने हर्कत गरेपछि विरोध भएको छ ।
कान्तिपुरका मालिक सिरोहियाले मिडियाको आबरणमा विभिन्न व्यापार, व्यवसाय र धन्दाहरू गर्ने गरेको आरोप छ । सिरोहियाले मिडियाका नाममा राज्यबाट छुट लिएर पत्रकार र कर्मचारीहरूलाई तलव, भत्ता नदिएको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया