दाङमा लुटपाट गर्ने दुई किशोरहरू पक्राउ

घोराही । लुटपाट गरेको अभियोगमा प्रहरीले दाङबाट दुई जना किशोरहरूलाई पक्राउ गरेको जनाएको छ ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. ९ दोघरेबाट नगद १ लाख रूपियाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

तुलसीपुर उप–महानगरपालिका–५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. ८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुछ्रे बैंकको एटीएमबाट नगद १ लाख रुपियाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित मानिसहरूले उनको साथमा रहेको नगद र मोबाइल लुटेका थिए ।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र मोबाइलसहित तुलसीपुर उप–महानगरपालिका–१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो ।

Published : Thursday, 2023 October 19, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया