चाबहिलमा दशैँका बेला २१ लाखको चोरी

काठमाडौं । दशैँका बेला काठमाडौंमा २१ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–७ चाबहिल शान्ति गोरेटो बस्ने रामप्रसाद केसीको घरबाट चोरी भएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा खुला रहेको ढोकाबाट प्रवेश गरीसुनका बिभिन्न गहनाहरू, अमेरिकी डलर ३ सय, हिराको टप लगायतका सामानहरू गरी करिब २१ लाख ९ हजार रूपियाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2023 October 19, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया