भीआईपीको सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दारको ग्याङको चर्तिकला

काठमाडौं । प्रहरीले कैलाली जिल्लामा तीन जनालाई चितुवाको छाला र चरेससहित पक्राउ गरेको छ ।

धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र हेमराज जोशी छन् ।

आरोपितहरूको साथबाट १ फिट १० इन्च लामो चितुवाको छाला र ६ किलो ७४० ग्राम लागुऔषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) कुलदीप चन्दले बताए ।

आरोपितहरूले चरेश प्रतिकेजी ५० हजार र चितुवाको छाला प्रतिफट ५० हजारको दरले बेच्न मूल्य तोकेका थिए ।

किनबेच भइरहेको सूचना पाएपछि होटलमा छापा मारेर पक्राउ गरिएको प्रवक्ता चन्दले बताए ।

Published : Thursday, 2023 October 19, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया