एमालेको ‘ढोक्सा’को फाइनल खेला आज, बालकोटको धड्कन बढ्यो
काठमाडौं । एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका केदार कार्कीले विश्वासको मत लिन लागेका छन् ।
आज बुधबार बिराटनगरमा बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेछन् । बैठक बिहान ११ बजे बस्नेछ ।
एमालेको समर्थनमा कांग्रेसका कार्की गत शनिबार मुख्यमन्त्री बनेका थिए । कार्की मुख्यमन्त्री बनेपछि सत्ता गठबन्धनभित्र खैलाबैला भएको छ ।
मुख्यमन्त्री कार्कीले एमालेलाई पनि कोशी प्रदेशको सरकारमा सहभागी गराएका छन् । कार्कीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले पनि विश्वासको मत दिनेछन् ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । ३९ जना सांसद रहेको एमाले, २९ सांसद भएको कांग्रेस, १३ जना सांसद भएको माओवादी र ४ जना सांसद भएको नेकपा ( एकीकृत समाजवादी)ले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेछन् । ६ सिट भएको राप्रपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।
एमालेले सत्ता गठबन्धन भत्काउने रणनीति र मध्याबधीमा जानबाट रोक्न ढोक्सा थापेको थियो । ढोक्सामा एमाले आफै पर्ने सम्भावना देखिएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब भएको छ ।
विश्वासको मत नदिने हो भने आफैले बनाएको कार्कीको सरकार, विश्वासको मत दिने हो भने धोखा हुने हो कि भन्ने ठूलो डर छ । कोशी प्रदेशको सरकारलाई लिएर बालकोटमा बसेका ओलीलाई छटपटी भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया