पूर्वमन्त्री प्रभु साहकी पत्नी रिनाकुमारीको मेयर पद गयो
काठमाडौं । पूर्वमन्त्री समेत रहेका प्रभ साहकी पत्नी रिनाकुमार साहले नगर प्रमुख (मेयर)को पद गुमाएकी छिन् ।
रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख साहको पद गुमेको छ । निर्वाचन आयोगको कार्यालयमा दल त्यागसम्बन्धी एमालेले निवेदन दिएपछि साहको पद गुमेको छ ।
साहले २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएकी थिइन् ।
एमाले छाडेर पति प्रभु साहको आम जनता पार्टी प्रवेश गरेको भन्दै एमालेले दल त्यागको निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।
आयोगले मंगलबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना निकालेको छ ।
साह दोस्रो पटक मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया