न्यायाधीश समाजको अध्यक्षमा सपना मल्ल सर्वसम्मत चयन

काठमाडौं । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल सर्वसम्मत चयन भएकी छिन् ।

मंगलबार राजधानीमा भएको समाजको साधारणसभाले मल्ललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

समाजको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ चयन भएका छन् । महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर चयन भएका छन् ।

सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल चयन भएका छन् भने कोषाध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेती आएका छन् ।

सदस्यहरूमा उच्च अदालतका न्यायाधीश तेजनारायणसिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरराज पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का चयन भएका छन् ।

न्यायाधीश समाजले न्यायाधीशहरूको पेशागत हकहितको वकालत गर्दै आएको छ ।

समाजमा जिल्लादेखि सर्वोच्च अदालतका न्यायाधीश र पूर्वन्यायाधीशहरू सदस्य हुन पाउने व्यवस्था छ ।

अवकाश भएका न्यायाधीशहरुले भने पूर्वन्यायाधीश मञ्च नामको अर्को छुट्टै संस्था पनि खोलेका छन् ।

Published : Tuesday, 2023 October 17, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया