हजारौँलाई दु:ख दिएको कान्तिपुरका मालिक सिरोहियाको दादागिरिको भण्डाफोर, मूल गेटमा शक्तिशाली आन्दोलन
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकार सम्बद्ध विभिन्न संघ/संस्थाका प्रतिनिधिहरूले कान्तिपुर मिडिया ग्रुपले दशैँका बेला आफ्ना पत्रकार र कर्मचारीहरूलाई बिचल्ली बनाएपछि कान्तिपुर मिडिया ग्रुपविरुद्ध प्रदर्शन गरेका छन् ।
मंगलबार काठमाडौंको थापाथलिस्थित कान्तिपुर दैनिकको मुख्यालयमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैशी लगायतका पत्रकार र कर्मचारीहरूले धर्नासहितको प्रदर्शन गरेका हुन् ।
उनीहरूले कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई अन्यायपूर्ण निर्णय गरेर कर्मचारी र पत्रकारहरूलाई दु:ख दिने कार्य तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।
उनीहरूले सिरोहियाले हटाएका पत्रकार र कर्मचारीको पुनर्बहालीका साथै दिन बाँकी रहेको तलब, भत्ता तत्काल दिन माग गरेका छन् । सिरोहियाले कान्तिपुर मिडिया ग्रुपका पत्रकार र कर्मचारीलाई तलब र भत्ता दिएका छैनन् ।
पत्रकार महासंघको नेतृत्वमा जम्मा भएका पत्रकारहरूले कान्तिपुर दैनिकको मूल गेटमा धर्नासहित प्रदर्शन गरिएको छ ।
सिरोहियाले मिडिया चलाउने बहानामा करोडौँ रुपियाँ राज्यबाट छुट पाउने गर्छन् । सिरोहियाले मिडियाको नाममा अर्बौंको सम्पत्ति जोडेका छन् । सिरोहियाले आफूलाई धनी बनाउने पत्रकार र कर्मचारीहरूको पेटमा लात हानेपछि सिरोहियाको दादागिरिविरुद्ध प्रदर्शन भएको छ ।
राज्यबाट कर र अवसरमा छुट पाए पनि सिरोहियाले पत्रकार र कर्मचारीहरूलाई तलब दिँदैनन् । तलब र सेवासुविधाको माग गर्ने पत्रकार र कर्मचारीहरूलाई सिरोहियाले धमाधम अन्यायपूर्ण तरिकाले निश्काषन गरिरहेका छन् ।
कान्तिपुर दैनिकले आफूलाई देशको नम्बर १ मिडिया दाबी गर्छ । कान्तिपुरका कर्तुतहरू बाहिर थालेका छन् ।
कान्तिपुरका मालिक सिरोहियासँग पत्रकार र कर्मचारीहरूले १२ बुँदे माग राखिएका छन् । ती माग पूरा नहुँदासम्म कान्तिपुरका मालिक सिरोहियाविरुद्ध प्रदर्शन हुनेछन् ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया