नेपालबाट दुर्लभ खनिज चीन लैजान खोज्ने चिनियाँ नागरिकलाई जरिवाना गराइ छाडियो

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ३६ वर्षीय झाङ डिकिङलाई पक्राउ गरेर जरिवाना गराइ छाडेको छ ।

झाङले अबैध रुपमा नेपालबाट दुर्लभ खनिज चाँदी जस्तो देखिने खैरो रंगको धुलो दुई पोका लिएर चीन जान लागेका थिए ।

चिनियाँ एयरलाइन्स सिचुआनबाट उनी असोज २८ गते अबैध रुपमा दुर्लभ खनिज लिएर जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दुर्लभ खनिजलाई प्रहरीले खानी तथा भू–गर्भ विभागले परीक्षण गरेका थिए । चिनियाँ नागरिक झाङले अनुमति नलिइ दुर्लभ खनिज पदार्थ नेपालबाट चीन लैजान लागेको भन्दै एक लाख रुपियाँ जरिवाना गरे छाडिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2023 October 17, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया