सभापति खतिवडाले ओखलढुंगा कारागारका कैदीलाई दशैँ मनाउन खसी दिए
ओखलढुंगा । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दशैँ मनाउन ओखलढुंगा कारागारका कैद बन्दीलाई खसी उपहार दिएका छन् ।
सोमबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले दशैँको अवसरमा ओखलढुंगा कारागारमा रहेका कैदी बन्दीलाई खसी दिएका हुन् ।
कारागारका नाइके हुकुमसिंह कटवाललाई खसी हस्तान्तण गर्दै खतिवडाले सम्पूर्ण कैदी बन्दीलाई दशैँको शुभकामना दिए छन् ।
सभापति खतिवडाले कारागार पछिको जीवन एक उदाहरणीय रूपमा बिताउन कैदी बन्दीहरूलाई आग्रह गरेका छन् ।
कारागारका निमित्त प्रमुख नरेन्द्रलाल कर्णले कारागारमा क्षमताभन्दा दोेब्बर कैदी बन्दी हुँदा समस्या रहेको बताएका छन् ।
उनले सभापति खतिवडालाई ओखलढुंगा कारागारको समस्याका बारेमा जानकारी गराएका छन् ।
बजेट अभावका कारण नयाँ बनेको महिला कारागार भवनको वरिपरी सुरक्षा पर्खाल लगाउन नसकिएको कर्णले खतिवडालाई जानकारी गराएका छन् ।
कारागारमा शौचालयको समस्या रहेको नाइके कटवालले जानकारी गराएका छन् ।
शौच गर्नका लागि कैदी बन्दीहरू बिहान २ बजेदेखि पालो पर्खेर बस्नुपर्ने बाध्यतामा रहेको कटवालले बताएका छन् ।
सभापति खतिवडाले ओखलढुंगा कारागारमा रहेको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन् ।
ओखलढुंगा कारागार ३० जनाको क्षमता हो । कारागारमा हाल छ जना महिला र ७५ जना पुरुष गरी ८१ जना कैदी बन्दी छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया