कोशी विवाद समाधान गर्न सभापति देउवाद्वारा दुई महामन्त्रीसँग परामर्श, धुम्बाराहीमा बन्यो रणनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग कोशी प्रदेशको घटनाका विषयमा परामर्श गरेका छन् ।
सोमबार धुम्बाराहीस्थित आफ्नै निवासमा सभापति देउवाले थापा र शर्मासँग कोशीको समस्या कसरी हल गर्ने भन्ने विषयमा छलफल गरेका हुन् । महामन्त्रीद्वय थापा र शर्माले कोशीका विषयमा भएको तीन नेताबीच भएको लिखित सहमतिको विषयमा सभापति देउवासँग के कसो हो भनेर परामर्श गरेका छन् ।
सभापति देउवासँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘अहिले चाहिँ नहुनुपर्ने द्वन्द्व भयो । यो प्रकारको द्वन्द्व हुँदै गर्दा त्यसलाई समझदारीपूर्वक हल गर्नुपर्छ’, शर्माले भने ।
उनले भने, ‘यसले डडेलोको रुप लिनु हुँदैन । बडो संयम र परिपक्वताको साथ हामी हलमा पुग्नुपर्छ । ’
शर्मा भने, ‘यो घटना पछाडि तीन जना नेताले हस्ताक्षर गरेको कुरा आएको छ । सभापतिजीले प्रधानमन्त्री र शेखर कोइरालाले त्यो पनि के होला भन्ने खालको हामीले कुरा गर्यौँ ।’
‘किन भने एउटा कागजको चिर्कटोमा लेखेर ल्याउनुपर्ने अवस्था के पर्यो ? प्रधानमन्त्री आफै प्रधानमन्त्री हुनुहुन्छ । उहाँ आफैले यो गठबन्धन बलियो बनाउँछु भनेर वक्तव्य दिनुपर्छ र ?’
‘अथवा यो गठबन्धनका सभापति शेरबहादुर देउवा सबैभन्दा ठूलो अंशियार हुनुहुन्छ । नेपाली कांग्रेसको संस्थागत निर्णय नै नेपाली कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)सहितको सरकारलाई निरन्तर लैजाने संस्थागत निर्णय छ । सभापतिले सही गर्नुपर्ने हो र , पर्ने होइन ।’, शर्माले भने ।
‘डा.शेखरप्रति आशंक राख्ने हो भने उहाँले वक्तव्य दिएको भए भैहाल्थ्यो । त्यस्तो चिर्कटो बनाइएको विषयमा हामी दुइटा महामन्त्रीको सहमतिको कुरा छैन । अहिले जे भएको छ यो घटनामा सभापतिले पनि गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । कोशी प्रदेश हुँदै गर्दा अरु पनि हामी छौँ नि !’, उनले भने ।
‘कोशी प्रदेशमा एउटा महामन्त्री पनि छ । डा.नारायण खड्का हुनुहोला । विजय गच्छदार हुनुहोला । अरु नेताहरू पनि हुनुहोला । सह–महामन्त्री हुनुहोला । उहाँहरू कोही पनि निर्णय प्रक्रियामा सामेल हुनुहुन्न’, महामन्त्री शर्माले भने ।
उनले भने, ‘त्यो निर्णय गर्दैगर्दा को–को सामेल हुनुहुन्थ्यो ? किन यो प्रकारको दुर्घटना भयो ? भन्ने कुराको सबैभन्दा प्रधान जिम्मेवारी, अंशियारी नेतृत्व चाहिँ सभापतिले व्यहोर्नुपर्छ भन्यौँ ।’
‘डा.शेखर कोइरालाले पनि संस्थागत रुपमा नेपाली कांग्रेस पार्टीले नै कोशीको मुख्यमन्त्री पाउने थियो । कांग्रेसको भाग माओवादीलाई दिन लागेकोले खोसेको । यो कांग्रेसको चिज लगेर माओवादीलाई किन दिन लागेको ? भनेर भास्य बनाउन खोजेको छ । त्यो पनि देशभरिका साथीहरू र मिडिया पनि क्लियर हुनुपर्छ’, शर्माले भने ।
उनले भने, ‘मधेशको ढुक्कै मधेश केन्द्रित दलको । कोशीको ढुक्कै कांग्रेसको । गण्डकीको ढुक्कै कांग्रेसको । लुम्बिनीको ढुक्कै कांग्रेसको । सुदूरपश्चिको ढुक्कै कांग्रेसको । अनि कर्णाली ढुक्कै माओवादीको भनेर गठबन्धनको बीचमा कुनै दुई मत छैन । गठबन्धन दलहरूबीचको समाझदारी के छ भने सबै प्रदेशमा आलोपालो गर्ने सम्मानजनक । त्यस कारण कोशी प्रदेशमा कांग्रेसको बने पनि माओवादीको बने पनि आलोपालो हुन्थ्यो ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया