एपोनको अध्यक्षमा प्रधान निर्वाचित, नयाँ कार्यसमितिमा को–को आए ?
काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेशप्रसाद प्रधान निर्वाचित भएका छन् ।
अध्यक्षमा विप्लव अधिकारीलाई पराजित गर्दै महेश प्रधान विजयी भएका हुन् । प्रधान ३६ मतसहित विजयी भएका थिए । अध्यक्ष पदका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाएका छन् ।
संघको अधिवेशन शुक्रबार भएको थियो । संघमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा प्रभात रुङगटा चयन भएका छन् । उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन् ।
महासचिवमा सुदर्शन खेगुली, कोषाध्यमा पृथ्वीराज भण्डारी ‘निजु’ चयन भएका छन् । सदस्यहरूमा सुमितचन्द्र श्रेष्ठ, पंकजकुमार तिवारी, गिरिराज पाठक, दीपक तिक्डेवाल र शैलेश वैद्य चयन भएका छन् ।
५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो । सदस्यहरूमा सुमितचन्द्र श्रेष्ठले ४७, प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वी राजभण्डारी ४३ मत पाएका छन् ।
सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र गिरिराज पाठकले समान ३९ मत पाएर निर्वाचित भएका छन् । दीपककुमार तिड्वेवालले ३८ मत पाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया