मन्त्री बस्नेतले गराए वीर अस्पतालको हितमा राम्रा निर्णय, विभिन्न पदहरूको दरबन्दी स्वीकृत

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले विभिन्न पदहरूमा दरबन्दी स्वीकृत गरेको छ ।

आइतबार काठमाडौंमा भएको न्याम्सको ३०औँ सभा (सिनेट बैठक)ले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याव टेक्निसियन पाँचौँ पाँच जना पदपूर्तिका लागि दरबन्दी स्वीकृत गरेको छ ।

फार्मेसीका लागि फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना, चालक तथा सहायकसहित गरी १० जनाका लागि पनि दरबन्दी खुलाउने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत उपस्थित भएको बैठकले तीन जना नयाँ सिनेट सदस्य थपेको छ । तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको छ ।

थपिएका नयाँ सिनेट सदस्यमा प्रा.डा.चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा.बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा.दीपक सिग्देल रहेका छन् ।

प्राज्ञिक परिषदमा प्रा.डा.अजित रायामाझी, प्रा.डा.दीपेन्द्र श्रेष्ठ र प्रा.डा.सरोज शर्मालाई नियुक्त गर्ने निर्णय न्याम्सले गरेको छ ।

बैठकले वीर अस्पतालका लागि अत्यावश्यक मानिएका प्राविधिक समूहको विभिन्न पदमा दरबन्दी स्वीकृत गरेको पनि गरेको छ ।

मन्त्री बस्नेतद्वारा वीर अस्पतालको सुधार र गुणस्तर बनाउन गरिएका निर्णय तथा कदमहरूमा कम्युनिस्ट समर्थकहरूलाई मन परेको छैन । उनीहरूले वीर अस्पतालको हितमा भएका निर्णयहरूको विरोधमा विभिन्न फण्डा गरिरहेका छन् ।

गरिवको अस्पताल भनेर चिनिने वीर अस्पताललाई सुधार गरेर झन् राम्रो बनाउने अभियानमा लागेका मन्त्री बस्नेत तत्काल रोकिने पक्षमा देखिएका छैनन् ।

Published : Sunday, 2023 October 15, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया