भएका जहाज चलाउन नसकेर बेहाल भएका बेला मन्त्री किराँतीले दश वटा जहाज किन्न लागे

काठमाडौं । अर्थतन्त्र संकटमा परेर मुलुक नै समस्या परेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एकै पटक दश वटा जहाज किन्ने तयारी गरेका छन् ।

सरकारले निर्माण व्यवसायीहरूलाई सम्पन्न भइसकेका योजनाहरूको रकम दिन सकेको छैन । बैंकहरूले ऋण पनि दिन अनाकानी गरिरहेका छन् । सहकारी डुबेर ध्वस्त भएका छन् ।

मन्त्री किराँतीले चालू आर्थिक वर्षमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का लागि १० वटासम्म जहाज खरिद गरिने बताएका छन् ।

आइतबार मन्त्री निवास पुल्चोकमा उनले निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतीलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको बताएका छन् ।

मन्त्री किराँतीले दशैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

मन्त्री किराँतीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन १० वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको बताएका छन् ।

निगमले आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ ।

ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको बढाएको छ ।

निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर जहाज छन् । ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन् ।

दश वटा नयाँ जहाज किन्न किराँतीले पाँचतारे होटल सोल्टीको अर्बौंको सेयर बिक्री गर्ने तयारी गरेका छन् । नाफामा रहेको होटलको सेयर बिक्री गरेर डुब्न लागेको नेपाल एयरलाइन्समा लगानी गर्न लागेका छन् ।

निगमले बोइङ र न्यारोबडी जहाजलाई चलाउन सकेको छैन । ती जहाजहरू पटक पटक बिग्रिने गरेका छन् । जहाजका पार्टपुर्जा चोरी हुँदै आएका छन् ।

तहस नहस भएको निगममा मन्त्री किराँतीले दश वटा जहाज थपेर कमिशन खाने बाटो खोजेको त होइनन् प्रश्न उठेको छ ।

चीनसँग खरिद गरिएका जहाजहरू थन्किएर बसेका छन् । ती जहाजलाई चलाउनेतिर मन्त्री किराँतीको ध्यान छैन । नयाँ जहाज किन्नमै मन दौडाइरहेका छन् ।

Published : Sunday, 2023 October 15, 11:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया