उपाध्यक्ष डा.लामाद्वारा लुम्बिनीभित्र भइरहेका निर्माणका कामहरूको अनुगमन
लुम्बिनी । लुम्बिनी विकास कोषको ४५ वर्षअघिको लुम्बिनी गुरु योजना आफ्नो कार्यकालमा सम्पन्न गर्न संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले निरन्तर सक्रियता बढाएका छन् ।
आइतबार उपाध्यक्ष डा.लामाले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गरेका छन् । उनले निर्माणका कार्यहरू छिटो गर्न ठेकेदार कम्पनीहरूका साथै कोषका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
अनुगमनका कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराज शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्थलगत निर्माण कार्यको निरीक्षण एवं अवलोकन गरेका छन् ।
झण्डै चार दशक बितिसक्दा पनि लुम्बिनी गुरु योजना सम्पन्न गर्न नसक्दा सरकारका साथै लुम्बिनी विकास कोष स्वदेश र विदेशमा समेत अलोचित भएको उपाध्यक्ष डा. लामाले बताएका छन् ।
उनले भगवान बुद्धको जन्मस्थल, विश्वका लाखौं बौद्ध अनुयायीहरूको प्रमुख आस्थाको केन्द्र, विश्व शान्तिको मुहान र बौद्ध धर्मावलम्बीको एक पर्यटकीय गन्तव्य भएका कारण यसको विकास सम्बर्द्धन र संरक्षण गर्न आफू निरन्तर लाग्ने बताए ।
उनले समय अवधिमा गुरु योजना सम्पन्न गर्न आफू निरन्तर लागेको बताएका छन् ।








बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया