सभापति देउवासँग कार्कीद्वारा भेटवार्ता, गबन्धनको भावनाअनुसार काम गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की भेट गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले शनिबार साँझ सभापति देउवालाई धुम्बाराहीस्थित निवासमा पुगेर भेट गरेका हुन् । सभापति देउवाले कार्कीलाई सत्ता गठबन्धनको भावनाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

कार्कीले पनि गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्ने जवाफ दिएको बुझिएको छ ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभापति देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनलाई कायम राख्ने सहमति भएको थियो ।

गठबन्धनको निर्णयविरुद्ध भएका कोइराला पक्षीय कार्कीले एमालेको समर्थनमा मख्यमन्त्री बनेका थिए ।

प्रधानमन्त्री दाहाल, देउवा र कोइरालाबीच भएको सहमतिअनुसार कार्कीलाई गठबन्धनले पनि विश्वासको मत दिनेछ ।

Published : Sunday, 2023 October 15, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया