दशैँको मुखमा कांग्रेस-माओवादीले एमालेलाई ‘थाङ्ना’मा सुताइदिए, ओली र एमालेहरू जिल परे

काठमाडौं । सत्ता गठबन्धनबाट कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

नेपाली कांग्रेसका कार्कीले आज (आइतबार) शपथ लिनेछन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन् ।

मुख्यमन्त्री कार्कीको शपथ ग्रहणका लागि दिउँसो २ बजे कार्यक्रमको व्यवस्थापन गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको छ ।

कार्कीले शपथपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्नेछन् । कार्कीलाई एमालेले पनि समर्थन गरेको छ । एमाले सरकारमा सहभागी हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।

कार्की नेतृत्वको सरकार संविधानको धारा १६८(५) अनुसार बनेको छ । कार्कीले अबको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

कार्कीले विश्वासको मत पाउन नसके कोशीमा मध्यावधि हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्की गठबन्धनको पनि मुख्यमन्त्री रहेको बताएका छन् ।

एमालेले कोशी प्रदेशमा कांग्रेसभित्र खेल्न खोजेपछि सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालको रणनीतिअनुसार कार्कीलाई अगाडि सारिएको थियो । यो रणनीतिमा नेता शेखर कोइरालाको ठूलो सहयोग छ ।

कांग्रेस–माओवादीले एमालेलाई थाङ्नामा सुताइदिएपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओली चित खाएका छन् । ओलीको रणनीति बिफल भएको छ । कांग्रेसका कार्कीलाई उचालेर विद्रोह गराएको भ्रमपालेर बसेका एमाले र ओलीहरूले दाहाल–देउवा–कोइरालाको रणनीति बुझ्नै सकेनन् ।

कोशीमा खेलेर ओलीले हिक्मत कार्कीलाई काम चलाउ सरकारको मुख्यमन्त्री बनाउन खोजेका थिए । त्यो प्रयास असफल भएको छ । ओलीको ढोक्साले बिराटनगरमा पनि हावा खाएको छ ।

बिराटनगर प्रकरणबाट कांग्रेसभित्र मजबुत एकता देखिएको छ । सत्ता गठबन्धन झन् बलियो बनेर आएको छ । दशैँको मुखमा एमालेलाई झट्का लागेको छभने कांग्रेस र माओवादी फाइदामा पुगेका छन् ।

Published : Sunday, 2023 October 15, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया