मनाङको हेलिकप्टर दुर्घटनासँगै प्रदीपलाई निलम्बन गर प्रचण्ड सरकार
काठमाडौं । नेपालको इतिहाँसमा पछिल्लो दुई वर्ष यता नेपाली आकाशमा ठूला ठूला दुर्घटनाहरू भएका छन् ।
प्रदीप अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको सम्हालेपछि नेपाली आकाश निकै सुरक्षित भएको भन्दै गुनासाहरू आइरहेका छन् । सरकारले महानिर्देशक अधिकारीलाई कारबाही गरेको छैन । ठूला हवाइ दुर्घटना हुँदा समेत स्पष्टीकरण सोध्ने वा निलम्बन गर्ने कुरा समेत उठेका छैनन् ।
हवाइ दुर्घटना हुँदा प्रत्येक पटक एयरलाईन्स कम्पनीलाई कारवाही गर्ने र छानविन कमिटी बनाउने बाहेक केही हुन सकेको छैन । महानिर्देशक अधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव समेत रहेकी कान्छी छोरी गंगा दाहालले संरक्षण गरेका कारण कारबाही हुन नसकेको प्राधिकरणभित्र चर्चा छ ।
हवाइ दुर्घटनालाई कमाउने र मागी खाने भाँडो समेत बनाउने गरिएको छ । भित्रभित्रै बार्गेनिङ्ग गरेर पाइलटलाई दोषी देखाएर कमाउने हर्कत भइरहेको आरोप प्राधिकरणका उच्च कर्मचारीलाई लाग्ने गरेको छ ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणका महानिर्देशक अधिकारीलाई कारबाहीको माग उठेको छ । हवाइ उड्डयन क्षेत्रका जानकारहरूले महानिर्देशक अधिकारीलाई सरकारले निलम्बन गरेर छानविनको दायरामा राख्नुपर्ने माग उठाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महानिर्देशक अधिकारीलाई कुनै कारबाही गर्नेवाला छैनन् । अधिकारी निकै पावरफुल छन् ।
हालका महानिर्देशक अधिकारी आयोजना प्रमुख रहेर बनाएको दुइटा एयरपोर्टमा बारम्बार प्राविधिक समस्याहरू आएका छन् । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अर्बौको ऋण लिएर बनाइएको छ । ती दुई विमानस्थल घाटामा चलिरहेका छन् । त्यसको जिम्मेवारी लिन अधिकारी तयार छैनन् ।
पोखरामा रिठ्ठेडाँडा काट्न थप करोडौं खर्च भएको छ । प्राधिकरणमा महालेख परीक्षकले विभिन्न भ्रष्टाचार र कमजोरी देखाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको महिना दिन बित्न नपाउँदै यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना भयो । तैपनि अधिकारीलाई कारबाही भएन ।
पोखरा विमानस्थलमा अहिले पनि कहिले रडार बिग्रिएको छ । कहिले के भएको छ । प्यारा ग्लाईडिङ्गलाई बेतुकमा केही समय स्थगित गरेर अर्बौको राजश्व गुम्यो । फेरि पुरानै ठाउँमा प्यारा ग्लाईडिङ्ग उडानको अनुमति दिनुपरेको छ ।
भैरहवामा रनवे रहेको जमीन व्यक्तिको नाममा छ । भारतले रुट दिएको छैन । दुवैमा विदेशी विमान आउँदैन । विमानस्थल बनाउन लिइएको मिटर व्याजको ऋणको व्याज चढिरहेको छ ।
महानिर्देशक अधिकारीले बेलाबेला हेलिकप्टर कम्पनीहरूलाई नियमन गर्ने बहानामा दु:ख दिइरहेका छन् । तैपनि हेलिकप्टर दुर्घटना रोकिएको छैन । शनिबार मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि झन् महानिर्देशक अधिकारीको कदमहरूप्रति प्रश्न उठेको छ । मनाङलाई कारबाही गर्दैमा दुर्घटना रोकिनेवाला छैन । पहिला महानिर्देशक अधिकारीबाट कारबाही प्रक्रिया शुरु गर्नुपर्ने माग प्राधिकरणकै कमचारीहरूले राखेका छन् ।
अनेक बहानामा हेलिकप्टर कम्पनीहरूलाई दु:ख दिए पनि दुर्घटना झन् बढेको तथ्याङ्कहरूले देखाइरहेको छ । हवाई जहाज पनि कहिले इन्डिकेटर बिग्रेर, कहिले तेल चुहिएर फर्कन परेका छन् ।
महानिर्देशक अधिकारीले नेपाल वायुसेवा निगमलाई फुटेको आँखाले देख्न सक्दैनन् । केहिन केहि बहानामा जहाज र कर्मचारी ग्राउन्डेड गरिहाल्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्पष्टीकरण माग्दा महानिर्देशक अधिकारीले अटेर गर्छन् । अधिकारी काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’संग विभिन्न बहानामा जुवारी खेल्छन् ।
कुनै कार्यक्रममा गयो भने मुख छाडेर कर्मचारी त्रसित पार्छन् । अन्तर्राष्ट्रिय मान्यता विपरित टावरमा फोन गरेर मुख छाड्दै विदेशी विमान फिर्ता बोलाउँछन् ।
महानिर्देशक अधिकारीले कहिले विदेशी विमानलाई स्लट दिन्न भनेर सम्बन्ध नै बिगार्न खोज्छन् । मन्त्रीलाई टेर्ने त के किनेर खल्तीमा राखेको छु भनेर साथीभाइसंग गफ लाउने गरेको स्रोतका भनाइ छ ।
कहिले सुन प्रकरणमा मुछिएको व्यक्तिसंग उठबस हुन्छ । टेन्डर उसैले पाउँछ । बदनाम एयरपोर्टको रेष्टुरेन्टहरूका मालिकसंग उठ्बस हुन्छ ।
आफूले जोडबल गरेर राखेको कर्मचारी रक्सीको बोटल र पैसासंग डोमेस्टिकबाट समातिन्छ । अख्तियारमा उजुरीको चाङ्ग हुँदा छानविन समेत हुँदैन । यति हुँदा पनि सरकारले केहि गर्न सक्दैन । मन्त्री र सरकार केमा भुलेको हो ? प्रश्न उठेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया