लुम्बिनीमा बसपार्क, हेलिप्याड, केन्द्रीय नहर हुँदै शान्तिदीपसम्म सरसफाई
लुम्बिनी । ‘ग्रिन लुम्बिनी, क्लिन लुम्बिनी’ अभियानअन्तर्गत बुद्धजन्मस्थल लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र सरसफाई गरिएको छ ।
शनिबार लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरूको सहभागितामा बसपार्कदेखि केन्द्रीय नहर हुँदै शान्तिदीपसम्म सरसफाई गरिएको छ ।
कोषले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र नियमित रुपमा सरसफाई गर्दै आएको छ । लुम्बिनीलाई सफा र सुन्दर राख्न सबै पक्षलाई जिम्मेवार बनाउने उदेश्यले बेलाबेलामा सरसफाई अभियान सञ्चालन गर्ने गरेको कोषले जनाएको छ ।
कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन् राई, सूचना तथा जनसम्पर्क अधिकृत डा.हरिध्वज राई, लेखा अधिकृत भीम बस्नेतसहितको उपस्थितिमा सरसफाई गरिएको छ ।
बुद्धजन्मस्थल लुम्बिनीलाई स्वच्छ र सफा राख्ने उदेश्यले नियमित सरसफाईसँगै समय–समयमा अभियान चलाएर सरसफाई गर्ने गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताएका छन् ।
बसपार्क, हेलिप्याड क्षेत्र, केन्द्रीय नहरको दायाँबायाँ हुँदै शान्तिदीपसम्म सरसफाई गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया