ओलीको उक्साहटमा शेखरले बबाल गरिरहेका बेला शशांक-सिटौला र सिंहले के भने ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिक उपलब्धि धेरै भइसकेको बताए ।
डा.कोइरालाले कोशी प्रदेश सरकार गठनका बेला भइरहेको विवादका विषयमा बोलेका छैनन् । तर, शेखर कोइरालाका गतिविधिप्रति डा.कोइराला चिन्तित भएका छन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले उचालेपछि बहकिएका शेखरले पार्टी विभाजनसम्मका गतिविधि गरिरहेका छन् ।
डा.कोइरालाले जनताको मनमा छुनसके कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् ।
डा.कोइरालाले देशको अर्थनीति डामाडोल रहेको बताए । उनले नेपाली कांग्रेसलाई एकजुट पार्न आवश्यक रहेको बताए ।
उनले एकजुट योजना तर्जुमा गर्दा दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् ।
नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका छन् ।
उनले सरकार, संसद्, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्यांकन गर्ने हो भने संविधानले परिकल्पना गरे अनुसार प्रभावकारी र निष्पक्ष ढंगले काम गर्न नसकेको बताए ।
उनले राज्यका सबै निकायलाई ठिक ढंगले अघि बढाउनका लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।
नेता सिटौलाले कांग्रेसको आगामी मंसीरमा हुने नीति महाधिवेशनले मुलुकलाई अघि बढाउनका लागि ठोस योजना तय गर्ने बताएका छन् ।
उनले मुलुकमा एकपछि अर्को संकट बढ्दै गइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुनका लागि सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए ।
नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताएका छन् ।
उनले खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको बताए । उनले बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्ने बताएका छन् ।
लाखौँलाख युवाहरू विदेश पलायन भइरहेको भन्दै सिंहले यसलाई रोक्न कांग्रेस अग्रसर हुनुपर्ने बताएका छन् ।
‘दशैँमा बजार अनियन्त्रित भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न हामी सरकारमा छौँ, जोड दिनुपर्छ, यत्तिकै चल्छ भनेर हुँदैन’, सिंहले भने, ‘इकोनोमी नै इम्पोर्टको आधारमा चलिरहेको छ । विदेशमा युवा पठाएर रेमिटेन्सबाट देश कति दिन चल्छ ? यसमा गम्भीर हुनुपर्छ । सकेसम्म चाँडो नीति पास गरेर त्यही अनुसारका कार्यक्रम ल्याउनुपर्छ ।’
नेता सिंहले दशैँमा बजार अनियन्त्रित भइरहेको भन्दै नियन्त्रण गर्न कांग्रेसले सरकारलाई घच्घच्याउनुपर्ने बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया