ओखलढुंगा जोड्ने दुई वटा राजमार्ग छिटो मर्मत सम्भार होस् : सांसद खतिवडा

काठामडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगा जोड्ने दुई वटा सडक निकै जीर्ण रहेको भन्दै मर्मत र सुधारका लागि माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले कटारी–ओखलढुंगा राजमाग र घुर्मी–ओखलढुंगा राजमार्गको मर्मतका जोडदार माग गरेका हुन् ।

चाडपर्वको समयमा ती दुई सडक मर्मत नभएमा त्यसबाट हुने क्षतिको जिम्मेवारी लिन स्वयम् सम्बन्धित पक्ष तयारी अवस्थामा रहन खतिवडाले सचेत गराएका छन् ।

‘कटारी–ओखलढुंगा राजमार्ग असाध्यै जीर्ण छ । त्यसलाई छिटोभन्दा छिटो पहल गरोस्’, सांसद खतिवडाले भने ।

‘घुर्मी–ओखलढुंगा सडकमा पनि त्यस्तै जीर्ण छ त्यसलाई पनि पहल गरेर बाटो बनाउन सरकार अगाडि लागोस्’, उनले भने ।

Published : Friday, 2023 October 13, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया