ओलीले फालेको जुठो खान शेखर समूह नाङ्गियो, दुई महामन्त्रीले साथ दिएनन्
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको अनुशासन घोर उल्लंघन गरेका छन् ।
कांग्रेसको अनुशासन उल्लंघन गरेर अराजकता अपनाउँदा त्यसको परिणाम के हुन्छ शेखरलाई थाहा होला । शेखरको अहँकार र घमण्डले निकै तिब्रगतिमा रफ्तार समातेको छ । शेखरले पार्टीको अनुसशान उल्लंघन गर्ने हो भने उनलाई कांग्रेसमा बस्ने अधिकार छैन । उनलाई बिकल्पका साथ अगाडि बढ्ने अधिकार छ । होइन भने जे मन लाग्छ त्यो गर्ने अधिकार शेखर समूहलाई छैन ।
तत्कालीन समयमा गिरिजाप्रसाद कोइराला सभापति रहेका बेला शेखर कोइरालाले आफ्ना विरोधी नेताहरूलाई निर्मम तरिकाले सफाया गरेका थिए । शेखरले फेरि आफूलाई त्यही निर्मम तरिकाले प्रस्तुत गरिरहेका छन् ।
नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीको उक्साहटमा लागेर पार्टी सभापति शेरबहादुर देउवा र सत्ता गठबन्धनविरुद्ध शेखरले बगावत गरेका छन् । ओलीले फालिदिएको चारो खाना शेखर कोइराला र उनको समूह तछाडमछाड गरिरहेको छ ।
ओलीले सार्वजनिक कार्यक्रममा भन्दै आएका थिए, कांग्रेसलाई तोडफोड गरिन्छिु । आज आएर ओलीको त्यो अभिव्यक्तिले मूर्तरुप लिएको छ ।
ओली कांग्रेसभित्र कोशी प्रदेशबाट आगो सल्काउन सफल भएका छन् । आफ्नो व्यक्तिगत स्वार्थका लागि ओली र शेखर कोइरालाले जे पनि गर्छन् भन्ने सन्देश दिएका छन् । शेखर कोइराला कांग्रेसभित्र कुन मुख देखाएर बस्ने हुन् प्रश्न उठेको छ ।
कोशी प्रदेशमा शेखर समूहले देखाएको नाङ्गो नाँचलाई महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पनि साथ दिएका छैनन् । ओली कस्तो नेता हुन् भन्ने कुरा शर्मा र थापालाई राम्रोसँग जानकारी छ ।
नेपाली कांग्रेसको प्रमुख प्रतिस्पर्धी शक्ति भनेको एमाले हो । एमालेसँग मिलेर जाँदा कांग्रेसलाई कहिल्यै पनि फाइदा हुँदैन । साना दलहरूलाई मिलाएर कांग्रेस अगाडि बढ्दा मात्रै एमाले साइजमा आउँछ । एमालेले कांग्रेसलाई धोका दिएकै कारण सत्ताभन्दा बाहिर पुगेको कांग्रेसलाई पुन: सभापति देउवाले सत्तामा ल्याइदिएका थिए । त्यस बेलाको बदला लिन ओली प्रयासरत छन् । ओलीको त्यो रणनीतिलाई शेखर कोइरालाले बुझ्न नसक्दा कांग्रेसलाई ठूलो संकट आउन लागेको छ ।
व्यक्तिगत स्वार्थका लागि शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेको समर्थन लिएर केदार कार्कीलाई अगाडि सारेका छन् । कार्कीलाई समर्थन गर्ने कांग्रेसका आठ जना प्रदेश सभा सदस्यहरूको पनि राजनीति जोखिममा परेको छ ।
कांग्रेसले सत्ता गठबन्धनको बैठकबाट माओवादी केन्द्रका इन्द्र आङ्बोलाई संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत मुख्यमन्त्रीमा समर्थन जनाउने निर्णय गरेको थियो ।
कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीको नेतृत्वमा ८ सांसदले एमालेको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी गरिएको छ ।
कोशी प्रकरणमा वा उनको गुटको भूमिकाले सबैलाई झस्काएको छ ।
बिहीबार कोशीमा शेखर समूहले निर्वाह गरेको भूमिकाले कांग्रेसको मूल्य र मान्यतामा दाग लगाइदिएको छ । संविधानका छिद्र प्रयोग गरेर पार्टीको निर्णय र प्रदेश संसदीय दलको बहुमत पक्षलाई छलेर जस्केलाबाट हामफाल्दै सत्ताका लागि जस्तोसुकै कदम उठाउन कांग्रेस तयार हुन्छ भन्ने सन्देश शेखर समूहले दिएको छ ।
ओलीले फालिदिएको जुठो खान शेखर कोइराला र उनको समूह नाङ्गै भएर हामफालेको छ । कांग्रेसको विरासत बोक्न शेखर कोइराला असक्षम देखिएको मात्र होइन, अवसरका लागि आफ्नै घर जलाएर भए पनि खरानीको व्यापार गर्न सक्छन् भन्ने उदाहरण दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया