भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यबिनायक नगरपालिका–८ दाजिलिङ हाईट बस्ने मादपलाल श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिन्धुपालचोकको ईन्द्रावती गाउँपालिका–१० बस्ने ४२ वर्षीय नवराज दंगाल समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपियाँ ३ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Friday, 2023 October 13, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया