एमसीसीका तीन वटा ठेक्का रद्द, प्रहरीद्वारा अनुसन्धान

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का तीन वटा प्रसारण लाइनका ठेक्का रद्द भएका छन् ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रबार सूचना जारी गरेर लागत अनुमानभन्दा बढी रकम राखेर टेण्डर आह्वान भएको भन्दै तीन वटा प्रसारण लाईनका ठेक्का रद्द गरेको जनाएको छ ।

एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो ।

यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।

ठेक्कामा न्यूनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो ।

एमसीएले लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा प्रसारण लाइन, रातमाटे–न्यू दमौली प्रसारण लाईन र न्यू दमौली–न्यू बुटवल नेपाल–भारत सिमा प्रसारण लाइनको टेन्डर रद्द गरेको जनाएको छ ।

बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द एमसीएले जनाएको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । टेण्डरका विषयमा ठेकेदार वा अन्य पक्षको बदमासी देखिएमा कारबाही हुनेछ । ठेकेदारहरूले सेटिङमा टेण्डर हालेका हुन् कि भन्ने आशंका रहेको छ ।

Published : Friday, 2023 October 13, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया