बाँके र सर्लाहीका निकम्मा एसपीद्वय राठौर र सुवेदी हेडक्वाटर तानिए

काठमाडौं । नेपाल प्रहरीको हेडक्वाटरले जिल्ला प्रहरी कार्यालय बाँके र सर्लाहीका प्रहरी प्रमुख (एसपी)हरूलाई तानेको छ ।

बाँकेमा एसपी सुवासचन्द्र बोहरालाई जिम्मेवारी दिएर पठाइएको छ । सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ ।

बाँकेमा कार्यरत एसपी सन्तोषसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा तानिएको छ । सर्लाहीका एसपी नरेशराज सुवेदीलाई पनि हेडक्वाटर तानिएको छ ।

एसपीद्वय राठौर र सुवेदीले जिल्लामा कमाण्ड सम्हाल्न सकेका थिएनन् । उनीहरू कमाउ धन्दामा लागेर गुण्डाहरूलाई संरक्षण गरेका थिए । उनीहरू सामाजिक र धार्मिक सद्भाव भड्किन नदिन समयमा उचित कदम चाल्न सकेका थिएनन् ।

बाँकेमा सरुवा गरिएका एसपी बोहरा र सर्लाहीमा पठाइएका एसपी धिताल प्रहरीभित्र व्यवसायिक अधिकृत रुपमा चिनिएका छन् ।

गृह मन्त्रालयले सर्लाहीमा कोमलप्रसाद धमला र बाँकेमा श्रवण कुमार पोखरेललाई सीडीओ बनाएर पठाएको छ । बाँके र सर्लाहीमा रहेका सीडीओहरूलाई तानिएको थियो ।

Published : Thursday, 2023 October 12, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया