बढ्ता उत्पात गर्दै चलखेल गरेपछि दशैंको मुखमा कथित पत्रकार हिरासतमा पुगे
काठमाडौं । आफूलाई पत्रकार दाबी गर्ने मनोज गिरीलाई प्रहरीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको छ ।
खोटाङको हलेँसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गिरीविरुद्ध प्रहरीको साइबर व्यूरोमा उजुरी परेको थियो ।
फेसबुकमार्फत जथाभावी लेख्ने तथा भिडियो कलमा अपशब्द बोल्ने, सामाजिक सद्भाव भड्काउनुका साथै व्यक्तिको चरित्र हत्या गर्नेजस्ता गतिविधि गरेपछि गिरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विद्युतीय अपराध गरेको आरापमा स्थानीय एलोन राईले भदौ १९ गते दिएको जाहेरीको आधारमा गिरीलाई लुकीछिपी बसेको अवस्थामा ललितपुरको धापाखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले पनि गिरीलाई पक्राउ गरिएको बताएका छन् ।
गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत साउन २० गते एकल महिलामाथि आँच आउने किसिमको स्टाटस लेखेर महिलाहरूको मानमर्दन गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
विद्युतीय कारोबार ऐन २०६३ अनुसार पक्राउ गरेका गिरीलाई तीन वर्षसम्म कैद सजाय तथा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।
गिरी जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा छन् । गिरीले शैक्षिक प्रमाणपत्र कीर्ते जालसाजी मुद्दाअन्तर्गत जिल्ला अदालत खोटाङबाट विक्रम संवत् २०७९ माघ १९ गते दोषी ठहर भई २० दिन कैद र तीन हजार जरिवाना सजाय भोगिसकेका छन् ।
गिरीले पत्रकारिताको गरिमामाथि आँच पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता पालना गर्न सचेत गराएको थियो ।
गिरीले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, अरूको मानमर्दन गर्ने, खेदो गर्ने, म पत्रकार हुँभन्दै थर्काउने, गालीगलौज गर्ने र बिनाअनुमति टेलिफोन संवाद रेकर्ड गरेर सामाजिक सञ्जाल फेसबुकमा राख्ने गरेकोप्रति पत्रकार सम्बन्ध संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया