भारतले बालुवाटारको श्री महेन्द्र राष्ट्रिय माविको भवन बनाइदियो
काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारले १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको भवन बनाएर हस्तान्तरण गरेको छ ।
नवनिर्मित विद्यालय भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा भवनलाई औपचारिक रुपमा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारले उपलब्ध गराएको अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुरुप परियोजनालाई ‘उच्चप्रभाव सामुदायिक विकास परियोजना’को रुपमा निर्माण गरिएको छ ।
दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरेका छन् । उनले दुई देशबीचको साझेदारीले पछिल्ला वर्षहरूमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए ।
महेन्द्र राष्ट्रिय विद्यालयको स्थापना जागरुक शिक्षकहरूको संयुक्त प्रयासमा सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रुपमा भएको थियो ।
नेपाल सरकारले सन् १९७३ मा यस विद्यालयलाई प्राथमिक विद्यालयको रुपमा मान्यता दिएको थियो ।
सन् १९९५ मा निम्न माध्यामिक तहमा स्तरोन्नत भएको यो विद्यालय सन् २००० मा माध्यमिक तहमा र पछि गएर उच्च मध्यमिक तहमा स्तरोन्नत भएको हो ।
विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ५० प्रतिशत छात्रा छन् । स्थापनाकालदेखि नै यो विद्यालयले स्थानीयस्तरमा गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया