कोशीको मुख्यमन्त्रीमा अनौपचारिक सहमति

काठमाडौं । माओवादी केन्द्रको संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति बनेको दाबी गरिएको छ ।

आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति बनेको बुझिएको छ । नेपाली कांग्रेससहितका दलहरूले आङ्बोलाई साथ दिएका छन् ।

संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ ।

उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ ।

कांग्रेसले आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गरेको विषयमा औपचारिक रुपमा केही भनेको छैन ।

Published : Wednesday, 2023 October 11, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया