अध्यक्ष अन्सारी र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीमा अध्यक्ष अन्सारीले भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको छ ।

भारतीय रक्षामन्त्री सिंहबीच नेपालको समसामयिक विषयमा पनि परामर्श भएको अन्सारीले बताएका छन् ।

नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ कसरी बनाउन सकिन्छ भन्ने विषयमा रक्षामन्त्री सिंहसँग कुराकानी भएको अन्सारीले बताए ।

Published : Monday, 2023 October 9, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया