सुमेरुको अर्बौं कुम्ल्याएर भागेका भरतले अक्सफोर्डमा किनेको घर, पाताकसेर ल्याउन माग

काठमाडौं । ललितपुरमा मुख्यालय रहेको सुमेरु बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको अर्बौं रुपियाँ कुम्ल्याएर फरार भएका भरत महर्जनले बेलायतमा घर किनेका छन् ।

महर्जनले इंङग्ल्याण्डको अक्सफोर्डमा छोरी सरला महर्जन र ज्वाइँ डा.निमितराज श्रेष्ठको नाममा घर किनेरा सोही घरमा लुकेर बसेको सहकारीका पीडितहरूले आरोप लगाएका छन् ।

भरत महर्जनका छोरा सचिन महर्जन पनि सहोही घरमा बस्दै आएका छन् । अक्सफोर्डको बिट्रिश हिल्स क्लोजको सडकको घर नम्बर ७ म लुकेरा बसिरको सहकारीपीडितहरूले बताएका छन् ।

भरत महर्जनले छोरी–ज्वाइँलाई महँङ्गो रेञ्जरोभर गाडी किनेर रमाइलो गरेका छन् । डा.निमित श्रेष्ठको नाममा भरत महर्जनले पैसा लुकाएर राखेको आरोप लागेको छ ।

भरत महर्जन र उनको सुमेरु सहकारीका पीडितहरूले नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेर नेपाल ल्याइ कारबाही गर्नुपर्ने माग गरेका छन् ।

भरत महर्जन र उनका छोरी–ज्वाइँलाई लागेको आरोपका विषयमा प्रतिक्रिया लिन सामाजिक सञ्जालहरूबाट सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Published : Sunday, 2023 October 8, 4:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया