एमालेको अनुदार परमादेशी सरकार गर्ल्याम गुर्लुम ढल्यो, कीर्ते गर्दा पनि उपायले काम गरेन
काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट गठन भएको एमालेको कोशी प्रदेशको सरकार विश्वासको मत पाउन नसकेर ढलेको छ ।
मुख्यमन्त्री हिकमत कार्कीले शनिबार विश्वासको मत लिने कार्यक्रम थियो । विश्वासको मत नपाउने भएपछि कार्कीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
कार्कीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन् ।
प्रदेश प्रमुख खापुङले ६ दिनको समय दिएर प्रदेशसभा सदस्यहरूलाई सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि दाबी गर्न असोज २६ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका उप–सभामुखबाहेक ३९, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसद छन् ।
कार्की भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मतका लागि कार्कीलाई ४७ सांसदको आवश्यक थियो ।
अघिल्लो पटक मुख्यमन्त्री भएका नेपाली कांग्रेसका उद्धथ थापाले विश्वासको मत पाउने भएपछि एमालेकी उप–सभामुख सिर्जना दनुवार बिरामी भएको नौटंकी गरेर अस्पताल भर्ना भएपछि राजनीतिले नयाँ मोड लिएको थियो ।
उद्धव थापाले विश्वासको मत लिए पनि एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेर परमादेश ल्याएर कार्कीलाई मुख्यमन्त्री बनाएको थियो । एमालेले विभिन्न खालका कीर्ते गर्दा पनि मुख्यमन्त्री पद दोस्रो पटक बचाउन सकेको छैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया