देवघाटधामको विकास गर्न सरकारले सहयोग गर्छ : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा डा.महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले देवघाटको पूर्वाधार निर्माणमा सरकारको सहयोग बताए ।
अर्थमन्त्री डा.महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गरेका थिए । पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने डा.महतले बताएका छन् ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री डा.महतसमक्ष आग्रह गरेका छन् ।
देवघाट विश्वभरका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थल बन्दै गइरहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा घोषणा गर्न थापाले डा.महतको ध्यानाकर्षण गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया