लुम्बिनीमा नोबेल पुरस्कार विजेताहरूको सम्मेलन गर्ने निर्णय

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले नोबेल पुरस्कार विजेताहरूको ‘लोरेट एण्ड लिडर’ सम्मेलन गर्ने भएको छ ।

लम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले लुम्बिनीमा नोबेल पुरस्कार विजेताहरूलाई ल्याएर फागुनमा सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् ।

सम्मेलनमा नोबेल पुरस्कार विजेताहरूका साथै शक्ति राष्ट्रका राजकुमार, पूर्व प्रमुखहरूलाई सहभागी गराउने तयारी छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड ५० लाख रुपियाँ बजेट समेत विनियोजन गरिसकेको छ ।

लुम्बिनीलाई विश्व पर्यटन क्षेत्रको महत्वपूर्ण गन्तव्यको रुपमा प्रवद्र्धन गर्न लोरेट एण्ड लिडर कार्यक्रम आयोजना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले करार कर्मचारीको व्यवस्थापन गर्न बनेको कार्यविधि २०८० लाई पारित गरेको छ ।

Published : Friday, 2023 October 6, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया