पार्टी सभापतिलाई कमजोर बनाउन गरिने चलखेल मान्य छैन : कांग्रेस नेता डा.रिजाल
फिदिम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले आन्तरिक संगठनमा निषेधको राजनीतिले कसैलाई फाइदा नगर्ने बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस पाँचथरले फिदिममा आयोजना गरेको कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै डा.रिजालले कांग्रेसभित्र रहेका विचार समूहहरूमाझ सैद्धान्तिक विषयमा बहस र छलफल हुनु स्वभाविक भएपनि समूहका नेताहरूमाझ हुने तिक्तताले प्रतिशोधको रुप लिँदा कांग्रेसको आन्तरिक संगठन कमजोर भएको बताए ।
डा.रिजालले पार्टिका सैद्धान्तिक र वैचारिक द्वन्द्वलाई निर्वाचनमा प्रतिशोध साँध्ने माध्यम बनाउन नहुने बताएका छन् ।
उनले भने, ‘कांग्रेसको आन्तरिक संघठन मजबुत भएका स्थानमा कांग्रेसकै अन्तरघातका कारण कांग्रेसका उम्मेदवार हारेका छन् यसले कुनै व्यक्तिलाई नभएर पार्टी र संगठनलाई क्षति पुग्छ र पुगेको पनि छ ।’
नेता डा.रिजालले कांग्रेसको विधानले सभापतिलाई प्रभावशाली स्थान दिएको हुँदा पार्टी सभापतिलाई कमजोर बनाउन गरिने चलखेल मान्य नहुने बताएका छन् ।
उनले भने, ‘सभापति पदमा पुग्ने जो कोही हुन सक्छ तर, त्यो पद सिंगो नेपाली कांग्रेस हो । त्यसैले सभापतिलाई कमजोर बनाउने नियतले माग गरिएका विशेष महाधिवेशनको प्रस्ताव अमान्य भएका हुन् ।’
आन्तरिक संगठन शुद्धीकरण र लोकतन्त्रको रक्षाका लागि देशभरका कांग्रेस नेता कार्यकर्ता एक ढिक्का भएर अगाडि बढ्नु पर्ने उनले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया