‘रिगल’ प्रकरणमा चर्चित सञ्चारकर्मी समा थापाको वास्तविक टिप्पणी
काठमाडौं । चर्चित सञ्चारकर्मी समा थापाले राजनीतिक दलका नेताहरूले योगराज ढकाल ‘रिगल’को बाँकी कैद मिनाहा (आममाफी)को विषयमा बबाल गरेर राजनीतिक रंग दिएको टिप्पणी गरेकी छिन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत थापाले रिगललाई बाँकी कैद मिनाहाको सिफारिस हुँदा नबोल्ने, रिहाइ भएपछि बबण्डर मच्चाउने सीमित नेताहरूको गतिविधिको आलोचना गरेकी छिन् ।
‘पहिला रिहाइ, सिफारिस हुँदा चुप बसे, छुटेपछि पनि चुप नै थिए’, थापाले लेखेकी छिन्, ‘अब मानिसहरूको दवाव बढ्यो । ध्यान केन्द्रित भयो । अब भन्दै छन् रिगललाई आममाफी दिनु गलत हो ।’
थापाले भनेकी छिन्, ‘यसरी उफ्रिनेले दण्डहीनताका बारे बोलेका होइनन् । आफ्नो भोट बचाउन बोलेका हुन् ।’
हत्या अभियोगमा जन्मकैद सजाय पाएका ढकालले आठ वर्ष जेल सजाय बितायसकेका छन् । ढकाललाई संविधान दिवसमा अवसरमा राम्रो चाललचन, आचारण गरेको भन्दै जेल प्रशासनको सिफारिस हुँदै गृह मन्त्रालय र मन्त्रिपरिषद तथा राष्ट्रपतिसम्म पुगेर बाँकी कैद मिनाहा भएको थियो ।
संविधान र कानूनलाई मानेर जेलभित्र ढकालले आफूलाई अपराधको कर्मबाट सुधारेपछि जेल प्रशासनले नै सिफारिस गरेको थियो ।
विगतमा अपराध गरे पनि ढकालले त्यसको सजाय पाएका छन् । जेल बसेका छन् । आफूलाई सुधार गरेका छन् ।
बाल्मिकी पनि कुनै बेला रत्नाकार डाँकु थिए । बाल्मिकीले पनि आफूलाई अपराधको कर्मबाट सुधार गरेर रामायण लेखेका थिए ।
सुध्रिन चाहने रिगलहरूलाई समाजमा रहेका केही तत्वले सुध्रिन दिन खोजेको छैन । रिगलहरूलाई पुन: अपराधको दुनियाँमा धकेल्न चाहन्छ ।

जेल प्रशासनले कारागार विभागलाई कैदीको आममाफी वा बाँकी कैद मिनाहाबारे फाइल बनाएर पठाउँछ । विभागले गृह मन्त्रालयमा त्यो फाइल पठाउँछ । फाइलबा बारेमा समितिमा छलफल हुन्छ । त्यसपछि गृह मन्त्रालयले मन्त्रिपरिषदमा निर्णय गरेर पठाउँछ । त्यसपछि राष्ट्रपतिले सरकारको सिफारिसलाई अनुमोदन गर्ने हो ।
आममाफीको लागि गृह मन्त्रालयद्वारा सिफारिस भएका ३४ (जना व्यक्ति) वटा फाइललाई गृह मन्त्रालयमा फिर्ता पठाएर जानकारी माग गरेका थिए । त्यो फाइलका बारेमा समाचार आएका थिए ।
अहिले आएर आममाफी र बाँकी कैद मिनाहा भनेको अलग अलग विषय हो । त्यसको गलत व्याख्या गरेर केही तत्वले बबाल मच्चाएको छ ।
गगन थापा, रवि लामिछाने, एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरूले रिगलको रिहाइबारेमा विभिन्न टिकाटिप्पणी गरेका छन् । उनीहरूले बुझेर बोलका छन् वा नबुझेर हल्का रुपमा बोलेका छन् त्यसबारे सञ्चारकर्मी थापाको टिप्पणीले निकै ठूलो खुलासा गरेको छ ।
रिगलबारे सत्यकुरा लेखेकी सञ्चारकर्मीलाई हुनमानहरूको कठोर आलोचना सहनुपर्नेछ । फेक आइडी बनाएका हनुमानहरूले थापाविरुद्ध विभिन्न लाञ्छनाहरू लगाउनेछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया